आइएमई लाइफ इन्सुरेन्सको शाखा विस्तार

आइएमई लाइफ इन्सुरेन्सको शाखा विस्तार


आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडले बाग्लुङमा शाखा विस्तार गरेको छ । कात्तिक ७ गते बुधबारदेखि शाखा नयाँ शाखा संचालनमा आएको कम्पनीले जनाएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले आइएमई लाइफको शाखा उद्घाटन गर्दै भर्खरै स्थापित कम्पनीले जीवनबीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवालगायत लगानीकर्ताको हित तथा कर्मचारीहरूको मनोवृत्तिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सल्लाह दिए । उनले जीवन बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रणी बीमा कम्पनीको रुपमा आइएमई लाइफ इन्सुरेन्स कम्पनीलाई स्थापित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिँदै सबैले आफ्नो तथा परिवारका सदस्यको जीवन बीमा गरेर ढुक्क भई जीवनयापन गर्न सुझाव दिए ।

शुभकामना मन्तव्य दिँदै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी, व्यावसायी, कृषक, सर्वसाधारण साथै आन्तरिक एवं वाह्रय प्रर्यटनको साथसाथै मेची देखि महाकालीबाट वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि समेत आइएमई समूहले छिटो छरितो, भरपर्दो एवं विश्वसनियता सेवा प्रदान गर्ने उद्देश्यले आन्तरिक एवं वाह्य रेमिटान्स सेवा, बैकिङ, जीवन तथा निर्जीवन बीमा सेवा, पर्यटन प्रवद्र्धनको लागि केबलकार, अटोमोवाईल सेवा, जलबिद्युत उत्पादन जस्ता सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी दिए । आफ्नो गृहजिल्ला समेत रहेको बाग्लुङमा सेवा प्रदान गर्न पाएकोमा अध्यक्ष ढकालले प्रशन्नता ब्यक्त गरे ।

कम्पनीका संचालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराए । उनले एक वर्षभित्र कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्ने जानकारी दिँदै कम्पनीको चुक्ता पूंजी २ अर्ब पुग्ने दाबी गरे ।

शाखा उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष, जिल्ला न्यायाधीश, मेयर, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघका अध्यक्ष, स्थानिय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू, बाग्लुुङस्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न यातायात समितिका प्रमुख तथा प्रतिनिधिहरू, सहकारी संस्थाका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।