विद्युत खरिद सम्झौतार्थ प्राधिकरणको उच्चस्तरीय टोली भारत जाँदै

विद्युत खरिद सम्झौतार्थ प्राधिकरणको उच्चस्तरीय टोली भारत जाँदै


आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणले टनकपुर नाका (भारत)बाट थप पाँच मेगावाट विद्युत् आयात गर्ने भएको छ । सो नाकाबाट ३५ मेगावाट विद्युत् आयात गर्दै आएकोमा यस हिउँदका लागि पाँच मेगावाट थपेर कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

बताइएअनुसार विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर ट्रेड कर्पोरेशन (पिटिसि) इन्डियाका तर्फबाट डा. राजीवकुमार मिश्राबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । यही कात्तिक १५ बाट लागू भई आगामी जेठमा सकिने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

टनकपुर नाकाबाट ४० मेगावाटसम्म विद्युत् आयात हुँदा सुक्खा याममा सुदूरपश्चिमको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ भने टनकपुरमै १०० एपभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा छलफल गर्न प्राधिकरणको उच्च नेतृत्व आज शुक्रबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।