काङ्ग्रेस-नेतृ सुजाता क्यान्सरमुक्त

काङ्ग्रेस-नेतृ सुजाता क्यान्सरमुक्त


नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला क्यान्सरमुक्त हुनुभएको छ । एक वर्ष क्यान्सरसँग लडेपछि अहिले चिकित्सकले उहाँको शरीर क्यान्सरमुक्त भएको बताएका हुन् ।

गत वर्ष कार्तिक महिनामा मलेसिया भ्रमणका बेला उहाँको पाठेघर र स्तनमा क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सरबारे जानकारी भएपछि तत्काल सिंगापुरको क्यान्सर अस्पतालमा उहाँको उपचार शुरु भएको थियो ।

पाठेघर र स्तनमा एकैपटक क्यान्सर कमैलाई हुने चिकित्सकहरू बताउँछन् । यसरी एकसाथ शरीरको दुई अङ्गमा क्यान्सर भएर पनि यति छिट्टै पूर्ण रूपले रोगमुक्त हुनु सुखदाश्चर्य भएको सम्बद्ध चिकित्सकहरूको भनाई छ । यति छोटो समयमा सुजाता कोइराला क्यान्सरमुक्त हुने कल्पना नगरिएको, उहाँको दह्रो आत्मबलका कारण पनि यो सम्भव भएको सम्बन्धित चिकित्सकहरूलाई उद्धृत गर्दै नेतृ कोइरालाका परिजनले बताए ।

सुजाता कोइरालालाई क्यान्सरमुक्तिमा हासिल भएको सीघ्र सफलता एक प्रकारको चमत्कार नै भएको डाक्टरहरूको टिप्पणी रहेको छ । प्राप्त जानकारी अनुसार उहाँले डाक्टरको औषधीका अलावा विभिन्न चाइनिज जडिबुटीको प्रयोग गर्नुभएको थियो । कोइराला परिवारमा क्यान्सर पुस्तैनी रोग हो भने सुजाता कोइरालाचाहिँ अब पूर्ण रूपमा स्वस्थ हुनुभएको छ ।