नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनकै कारण कांग्रेस एकतावद्ध भएको बताएका छन् । शुक्रबार पोखरामा कार्यक्रर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने कांग्रेसीले धन्यवाद नै दिनुपर्छ हाम्रो वाम गठबन्धनले उस्लाई एकतावद्ध बनाइदिएको छ । गुट र उपगुटमा विभक्त कांग्रेस वाम गठबन्धनकै कारण एक ठाउँमा उभिएको दावी गरे ।
अध्यक्ष प्रचण्डले वाम गठबन्धनले कांग्रेसलाई गुन लगाएका कारण गठबन्धनसँग न तर्सन अनुरोध समेत गरे। ‘वाम गठबन्धनकै कारण कांग्रेस एकतावद्ध भएको छ’, उनले भने, ‘फोरम लोकतान्त्रिक कांग्रेसमा मिल्नुको जस यो गठबन्धनलाई जान्छ।’ उनले गठबन्धनले कांग्रेसलाई फाइदा गरेको बताए ।
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको आदेशले निर्वाचनका बारेमा आशंका पैदा गरेपनि निर्वाचन भने नरोकिने दावी गरे । उनले भने, ‘सर्वोच्चको फैसलालाले केही आशंका पैदा गरेको छ, तर निर्वाचन हुन्छ तपाईंहरु तयारीमा लाग्नूस् ।’ उनले आफूहरुले निर्वाचनको सुनिश्चिततका लागि हिजै पत्रकार सम्मेलन गरिसकेको जानकारी समेत दिए । उनले अदालतको आदेशलाई आफूहरुले सम्मान गर्ने भन्दै उनले निर्वाचनको मिति भने दायाँबायाँ नहुने बताए ।
एमाले र माओवादी केन्द्र दुई पार्टी एकीकरणको प्रक्रियामा गएको भन्दै उनले पार्टी एकता संयोजन समितिले एकताको प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए । अध्यक्ष प्रचण्डले वाम गठबन्धनप्रति इमान्दार भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘राष्ट्रिय आवश्यकताका कारण यो गठबन्धन बनेको हो’, ‘अरुले जेसुकै गरे पनि माओवादीका कार्यकर्ता योगठबन्धनप्रति इमान्दार बन्नै पर्छ।’
एमाले र माओवादीको एकता समाजवाद प्राप्तिका लागि भएको भन्दै उनले समाजबादको आन्दोन सानो समूह र पार्टीले गर्ज नसक्ने जिकिर गरे । ‘समाजवाद प्राप्त गर्ने हो भने सबै वामपन्थी प्रगतिशीलहरु एकै ठाउँमा नभइ र ठूलो पहलकदमी नलिइ हुँदैन’, उनले भने ‘नयाँ तरंग ल्याउने हो भने एउटा केन्द्रतिर जानुपर्छ भनेर हामीले नै पहल गरेका हौं, समाजवादको यात्रा सानो चित्तले सानो गुटले सानो पार्टी र पहलले हुन सक्दैन ।’
प्रतिक्रिया