औद्योगिक प्रदर्शनीमा २ दिनमै २ करोडको कारोबार

औद्योगिक प्रदर्शनीमा २ दिनमै २ करोडको कारोबार


बुटवलमा जारी ‘दोस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी एवं कृषि पर्यटन प्रवद्र्धन २०७४’ मा दिन–प्रतिदिन दर्शकको भिड बढ्दै गएको छ । ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधोगिकरण तथा ब्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ कात्तिक ८ देखि शुरु भएको प्रदर्शनीमा तीन दिनको अवधिमा करिव पौने २ करोडको कारोबार भएको र ३५ हजार दर्शकले अवलोकन गरेको मूल आयोजक समितिका संयोजक एवं नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवल रुपन्देहीका अध्यक्ष खेमबहादुर श्रीसले जानकारी दिए ।

श्ुक्रबार मात्रै ११ हजार भन्दा बढि दर्शकले प्रदर्शनी अवलोकन गरेका थिए भने करिव एक करोडको कारोबार भएको उनले जानकारी दिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवल रुपन्देही र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन केन्द्रिय कार्यालय काठमाडौको आयोजनामा बुधबारदेखि बुटवलमा दोश्रो राष्ट्रिय औधोगिक प्रदर्शनी शुरु भएको हो ।

दैनिक उपभोग्य बस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि तथा इलोक्ट्रनिक्स, टेक्सटाइल, गार्मेन्ट तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका समग्री, बैंक तथा वित्तीय, होटल तथा रेष्टुरण्ट, बाल उद्यान लगायतका ३ सय ५० वटा स्टलहरू सहभागी छन् ।

मेड इन नेपाल पेभिलियन र गार्मेट पेभिलियनमा कारोबार बढि रहेको आयोजकले जनाएका छन । त्यसो त कृषी र अटोमा पनि दर्शकको ध्यान नतानिएको होईन । पक्लिहवा कृषी क्याम्पसका विद्यार्थीहरुले कृषीको वारेमा अवलोकन कर्ताहरुलाई जानकारी गराएका छन । विज्ञान प्रदर्शनीमा पनि अवलोकनकर्ताको चासो बढेको छ ।