लोकतन्त्र जोगाउने जिम्मेवारी लोकतन्त्रवादीहरूको काँधमा : मन्त्री बस्नेत

लोकतन्त्र जोगाउने जिम्मेवारी लोकतन्त्रवादीहरूको काँधमा : मन्त्री बस्नेत


सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले लोकतन्त्र जोगाउनका लागि लोकतन्त्रवादीहरू एकजुट हुनुपर्ने बताएकी छिन् ।

लोकतान्त्रिक नागरिक समाजले गोकर्णेश्वरमा आयोजना गरेको ‘समुन्नत समाज निर्माणका लागि लोकतान्त्रिक सुदृढीकरण अभियान’ विषयक अन्तरक्रियामा मन्त्री बस्नेतले लोकतन्त्र खतरामा पर्दै गएको भन्दै लोकतन्त्रवादीले यसलाई जोगाउन लाग्नुपर्ने बताइन् । ‘वामपन्थी दलको तालमेलले लोकतन्त्र खतरामा पर्दै गएको छ,’ मन्त्री बस्नेतले भनिन् ।

अभियानका संयोजक कुमारराज सुवेदीले लोकतन्त्रको रक्षाका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराइन् ।