वाम तालमेलबीच ११० सिटमा सहमति

वाम तालमेलबीच ११० सिटमा सहमति


अन्ततः वाम तालमेल बिच दोस्रो चरणको निर्बाचनमा कस्ले कति सिट लिने भन्ने विषयमा सहमति भएको छ । वाम गठबन्धनका २ ठूला दल एमाले र माओवादी बिच ११० सिटमा कुरा मिलेको हो ।

एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा निर्बाचन हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएर सहमति निकालेका हुन् ।

सहमति भएका ११० सिटमध्ये एमालेले ७२ सिट लिएको छ भने माओवादी केन्द्रले ३३ सिट लिने गरी सहमति भएको बुझिएको छ । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटेको बताइएको छ ।

यसैगरी बाँकी चार सिट स्वतन्त्र उम्मेदवारलाई छुट्याइएको स्रोतको दावी छ । उता बाँकी १८ सिटका लागि भने छलफल चलिरहेको बताइएको छ । शिर्ष नेतृत्वले बाँकी रहेका १८ सिट टुंगो लगाउने एमाले स्रोतले जनाएको छ ।