त्रिशुली दुर्घटना अपडेट : ११ को मृत्यु, १५ जना घाइते, अझै करिव २५ जना बेपत्ता

त्रिशुली दुर्घटना अपडेट : ११ को मृत्यु, १५ जना घाइते, अझै करिव २५ जना बेपत्ता


राजविरावजबाट काठमाडौं आउँदै गर्दा शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसबाट ११ जनाको शव निकालिएको छ ।

राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ न्मबरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खसेको थियो । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो ।

बिहानैदेखि प्रहरी सहित उद्दारका लागि खटिएका गोताखोरले ४ महिला र ७ पुरुषको शव निकालेहो हो । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।

हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् । घाइते मध्ये ४४ वर्षीय दुर्गानन्द चौधरी र उनका १७ वर्षीय छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

उद्दारमा खटिएका धादिङ प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउतले घाइतेमध्ये २ जनालाई काठमाडौं लगिएको बताए । उनका अनुसार बाँकी १३ जनालाई गजुरी अस्पतालमा उपचारको लागि पठाइएको छ ।

उनले भने, ‘बसमा कति यात्रु थिए भन्ने यकिन भएन । घाइतेहरुलाई सोध्दा करिव ५० जना रहेको बताए ।’ गजुरी अस्पतालमा उपचार गरिरहेका यात्रुका अनुसार बसको छतमा समेत यात्रु खचाखच थिए ।