प्रभु बैंकले कैलाली र पाँचथर जिल्लामा पनि आफ्नो शाखा विस्तार गरेको छ । यो सँगै प्रभु बैंकको शाखा ५६ जिल्लामा विस्तार भएका छन् ।
बैंकले कैलालीको बौनिया र पाँचथरको फिदिममा नयाँ शाखा संचालनमा ल्याएर कारोबार पनि थालेको छ ।
शाखा संचालनसँगै स्थानीय स्तरमा सम्भावना रहेका विभिन्न क्षेत्रहरुको बिकासमा प्रत्यक्ष फाईदा पुग्ने बताइएको छ । बैंकले असोज मसान्त सम्म ८३ अर्व रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्व रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको ५६ जिल्लामा १ सय ४० शाखा रहेका छन् ।
प्रतिक्रिया