बाम गठबन्धनले सिट बाँडफाँडपछि मात्र उम्मेदवार छान्ने

बाम गठबन्धनले सिट बाँडफाँडपछि मात्र उम्मेदवार छान्ने


संयुक्त चुनावी घोषणापत्रलाई चाँडै टुंगो लगाउने, बाँकी जिल्लाको उम्मेदवारको बाँडफाँड मिलाउने लगायतका एजेण्डामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनका शीर्ष नेताहरुको संयुक्त बैठक भैंसेपाटीस्थित एमाले नेता बामदेव गौतमको घरमा बसिरहेको ब्झिएको छ । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेता सहभागी छन् ।

शनिबार दिउँसो समयमै शुरु भएको बैठक साँझ अबेरसम्म जारी रहेको एमाले सुत्रले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आपसी सिट बाँडफाँडलाई आजकै बैठकमा टुंगो लगाउने कसरत गरिएको छ भने सिटको बाँडफाँड मिलेपछि मात्रै दुई दलहरुले उम्मेदवार चयन गर्ने योजना बनाएका छन् ।

यसै सिलसिलामा एमाले र माओवादी केन्द्रका शीर्ष नेता तहमा भएको पार्टी एकताको समझदारी निर्वाचनपछि के हो भन्ने चासो ती पार्टीकै कतिपय नेता, कार्यकर्ता र शुभेच्छुकमा उत्पन्न भएको पाइएको छ । कतिपयले यो चुनावी एकता मात्र हो भन्ने ठानेका छन् भने कतिपय पार्टी एकता रोकिन नसक्ने औँल्याउन थालेका छन् । एकता संयोजन समिति र केन्द्रीय तहमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरूले भने चुनावपछि आफूहरूले पार्टी एकता गर्ने र बहुमत ल्याई स्थिर सरकारले दिने जनाउँदै आएका छन् ।