नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले बामगठबन्धन तासको घर रहेको आरोप लगाएका छन । शनिवार नेपाल भूतपूर्वक सैनिक संघ लमजुङले बेसीशहरमा आयोजना गरेको बृहत कार्यकर्ताभेला एबं प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले सो कुरा बताएका हुन ।
‘बाम गठबन्धन तासको घर हो, उनले भने, ‘एउटा प्रहार हुने बित्तिकै गर्लम्मै ढल्छ ।’ उनले मंसिर १० र २१ गतेको निर्वाचन पश्चात बामगठबन्धन भत्कने बताए ।
बामगठबन्धनभित्र रहेका दलहरु प्रति टिप्पणी गर्दै उनले एमालेको ढुलमुले चरित्रले देशले स्थीरता नपाएको बताए । ‘एमालेको स्पष्ट बिचार र सिद्धान्तनै छन, उनले भने, ‘संधै भ्रमको खेतीको आडमा एमाले टिकिरहेको छ ।’
उनले माओवादीले हात्तीकाृे पुच्छर पनि नभई बाँदरको पुच्छर रहेको टीप्पणी गरे । ‘माओवादी हात्तीको पुच्छर हो की भनेर हामीले पनि समात्यौं, बिगतको काँग्रेस र माओवादी गठबन्धन प्रति ईंगित गर्दै उनले भने, ‘हामी पनि भ्रममा रहेछौं, माओवादी बाँदरको पुच्छर रहेछ, जस्को न लौरो न हतियार ।’
भेलालाई सम्बोधन गर्दैं प्रतिनिधिसभाका उम्मेद्वार दीलबहादुर घर्तीले मुलुक काँग्रेसलेनै कोरेको बिकासका संरचनामै सीमित रहेकालेअब देशालाई सम्बृद्ध र नमुना बनाउन काँग्रेसको नेतृत्व आबश्यक रहेको बताए ।
प्रदेश सभा ‘ख’ का उम्मेदवार कृष्णप्रसाद कोइरालाले देशको लोकतान्त्रिक शासन पद्धतिको निरन्तरताका लागि पनि काँग्रेसले जित्नुपर्नेै बताए । ‘बामगठबन्धनको एउटै मात्र उद्वेश्य अधिनायकवाद हो, उनले भने, ‘नेपालमा अधिनायकवाद लादेर नेपालीको मौलिक हक खोस्न नदिनका लागि काँग्रेसलाई बिजयी गराउन आबश्यक छ ।’
प्रदेश सभा ‘क’ का उम्मेदवार गर्जबहादुर गुरुङले भुपू सैनिकहरुको सम्मानका लागि आफुलाई काँग्रेसले टिकट दिएको बताउँदै भूपूहरुको इतिहाँस र गरिमालाई बिजयी गराउनुपर्ने बताए । ‘हिजो गोर्खाभर्ती बन्द गराउनुपर्छ भन्नेहरु तपाईको घरआँगनमा भोट माग्न आउँदैछन, उनले भने, ‘भाषणमा गोर्खाभर्ती बन्द गर्नुपर्छ भन्नेहरुका सन्तती ब्यबहारमा भने भत्र्तिकै लागि लामबद्ध भएका छन तपाईहरु होसियार बन्नुहोला ।’ उनले आफुले भूपू सैनिकको समस्याहरुको समाधानका लागि लामो समय देखि काम गर्दै आईरहेको स्मरण गराउँदै भूपूसैनिकहरु प्रति काँग्रेसले गरेको सम्मानको कदर गर्दै आफुलाई बिजयी बनाउन आग्रह गरे ।
कार्यक्रममा पूर्व स्वास्थ्य सहायकमन्त्री रामचन्द्र अधिकारी, पूर्व जलस्रोत मन्त्री रामबहादुर गुरुङ, काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, पूर्वसभापति शंकरकान्त जोशी लगायतले मन्तब्य राख्दै लोकतन्त्र र सम्बृद्धिका लागि काँग्रेसको जित अपरिहार्य रहेको काँग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रमकै अबसरमा स्थानीय तह निर्वाचनमा नेपाली काँगे्रसको तर्फबाट बिजयी बनेका भूतपूर्व सैनिकहरुलाई सम्मान गरीएको थियो । नेपाल भूतपूर्व सैनिक संघ लमजुङका अध्यक्ष कमलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब राजकुमार भुजेलले गरेका थिए ।
प्रतिक्रिया