धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


धादिङ बस दुर्घटनामा परी धेरै जनाले ज्यान गुमाएको घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज बिहान सप्तरी जिल्लाको राजविराजबाट काठमाडौँतर्फ आइरहेको ना ६ ख १४६७ नंको बस धादिङको गजुरी नजिक बाङ्गेमोडमा दुर्घटना हुँदा धेरै यात्रुले ज्यान गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत र दुःखी बनाएको बताएका छन् ।

राससका अनुसार प्रधानमन्त्री देउवाले एक शोक सन्देश दिदैं सो घटनामा ज्यान गुमाउन पुगेका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।