म्याग्दी उवा संघको अध्यक्षमा कर्माचार्य

म्याग्दी उवा संघको अध्यक्षमा कर्माचार्य


म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित भएका छन् । वेनीमा शनिबार राती सम्पन्न भएको संघको २४ औँ साधारणसभा तथा दशौँ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको सदस्यहरुमा बेलबहादुर कटुवाल, सुविन श्रेष्ठ, राजेश शाक्य, लीलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, ठाकुरप्रसाद शर्मा, नारायण जीसी, तारानाथ रेग्मी, राजकुमार श्रेष्ठ, गोपाल पौडेल, गणेश श्रेष्ठ, चन्द्र बराइली, बाबुराम आचार्य, बोमबहादुर केसी, कमल विश्वकर्मा, गोपाल रेग्मीलगायत निर्वाचित भएका छन् ।

राससका अनुसार निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्मा, महिला उद्यम विकास समितिका सभापति, दरवाङ एकाईका सभापति र वस्तुगततर्फबाट पुस्तक तथा स्टेशनरी व्यवसायी संघ पदेन सदस्य रहने संघको निर्वा्चित कार्यसमितिको पहिलो बैठकले वरिष्ठ उपाध्यक्ष, प्रथम, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव र ६ जना सदस्य मनोनित गर्ने जनाइएको छ ।

संघको अधिवेशनको उद्घघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीमा प्रशस्त सम्भावना रहेको जलविद्युत, पर्यटनको विकास र कृषिको आधुनिकीकरणमा निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक रहेको बताए ।