एमाले माओवादीका नेताले एकअर्काको चुनावी सभालाई सम्वोधन गर्ने

एमाले माओवादीका नेताले एकअर्काको चुनावी सभालाई सम्वोधन गर्ने


आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्बाचनमा एमाले र माओवादीका नेताहरुले एकअर्काको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेको र एमाले अध्यक्ष ओलीले माओवादीको चुनावी सभालाई सम्वोधन गर्ने भएका हुन् । दुबै पार्टीका अध्यक्षले एकअर्काको बैठकलाई कहिले सम्वोधन गर्ने भन्ने टुंगो लागी नसकेकोे बताइएको छ ।

नवगठित वाम गठवन्धनमार्फत पार्टी एकताको गृहकार्यमा लागेका माओवादी एमालेका नेताहरुले संयुक्त रुपमा निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र प्रशिक्षण चलाउने बताएका छन् ।