उम्मेदवारको बन्दसूचीमा अन्तिम संशोधन आज

उम्मेदवारको बन्दसूचीमा अन्तिम संशोधन आज


निर्वाचन आयोगले उम्मेदवारको बन्दसूचीमा अन्तिम संशोधनका निम्ति आज तोकेको छ ।

यससँगै राजनीतिक दलहरूले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीमा आज अन्तिम संशोधन गर्न सक्ने भएका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सूची संशोधन गर्न सकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । त्यसका लागि राजनीतिक दलहरू बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त छन् ।

राजनीतिक दलहरुले २० असोजमा समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए ।
त्यसमा कसैको नाम संशोधन गर्ने भए आयोगले आजसम्मको समय दिएको हो । उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिन सक्नेछन् ।

समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची भने १७ गते सार्वजनिक हुनेछ । त्यसमा दावी विरोध, उजुरीमा जाँचबुझ लगायतको चरण पुरा गरेर मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।