टानको अध्यक्षमा लम्साल र दाहालको प्रतिस्पर्धा

टानको अध्यक्षमा लम्साल र दाहालको प्रतिस्पर्धा


राजधानीमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) को महाधिवेशन शुरु भएको छ ।

बौद्धस्थित हायात होटलमा टान महाधिवेशनको उद्घाटन पर्यटन सचिव महेश्वर न्यौपानेले गरे । महाधिवेशनले नयाँ नेतृत्व चयनलगायत महत्त्वपूर्ण निर्णयहरु गर्ने टानले जनाएको छ ।

८ पदाधिकारी र ९ सदस्यसहित कूल १७ पदका लागि आजै निर्वाचन हुने टानका आजै टानका अध्यक्ष चन्द्र रिजालले जानकारी दिए ।

पर्यटन व्यवसायीहरुको साझा संस्था टानको नेतृत्वका लागि लोकतान्त्रिक र वाम समूहबिच निकै प्रतिस्पर्धा भएको छ । उनिहरु नेतृत्वका लागि आफू इतरका ब्यवसायीका साथ प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् । टानको अध्यक्षका लागि लोकतान्त्रिक समूहले मोहन लम्साललाई अघि सारेको छ भने वाम गठबन्धनको तर्फबाट नवराज दाहाल चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक समूहले मोहन लम्सालको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, महासचिवमा सेवन देवकोटा, सचिवमा सुरेन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सह–कोषाध्यक्षमा किरण धरेलले उम्मेदवारी दिएका छन् ।

उता, वाम गठबन्धनबाट टानको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्वितीय उपाध्यक्षमा ऋषि नेपाल, महासचिवमा आङपेम्बा शेर्पा र सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सह–कोषाध्यक्षमा तारा रानाको उमेदवारी दर्ता भएको छ ।