आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेस कपिलवस्तुले उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाको क्षेत्र नं. १ बाट भारतका लागि पूर्वराजदुत दिपकुमार उपाध्याय, क्षेत्र नं. २ बाट निर्वतमान सांसद सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ बाट निवर्तमान सांसद अभिषेक प्रताप शाह उम्मेदवार बन्ने निर्णय भएको छ ।
क्षेत्र नं. १ मा निर्वतमान सांसद कतहर कमालको आफू उम्मेदवार हुने दाबी रहे पनि पार्टी उच्च तहले निर्वतमान सांसद कमाललाई प्रतिनिधिसभा सदस्य पदमा समानुपातिकतर्फ समावेश गराएको छ । निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार निर्वतमान सांसद अभिषेक प्रताप शाह संघीय समाजवादी फोरम परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
प्रतिक्रिया