राप्रपाको पाँच उम्मेदवार टुंगियो : थापा मकवानपुर एक, लिङदेन झापा ३

राप्रपाको पाँच उम्मेदवार टुंगियो : थापा मकवानपुर एक, लिङदेन झापा ३


राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अध्यक्ष कमल थापासहित पाँच उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि कात्तिक २० गते पार्टीको घोषणा पत्र सार्वजनि गर्ने पनि राप्रपाले जनाएको छ ।

राप्रपा केन्द्रीय कार्य समिति बैठकले मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पाँच उम्मेदवारको टुंगो लगाउको हो ।

राप्रपा अध्यक्ष थापा मकवानपुर १ बाट लड्ने भएका छन् । यस्तै, राजेन्द्र प्रसाद लिङदेन झापा ३ बाट तथा विक्रमबहादुर थापा काठमाडौं ७ नम्बर क्षेत्रबाट लड्ने भएका छन् ।

यसैगरी, बाँके २ बाट ओमप्रकाश आजाद र दैलेख १ बाट दीपककुमार शाहीले उम्मेदवारी दिने राप्रपाले निर्णय गरेको हो ।