अर्घाखाँचीमा वाम गठबन्धनको विरुद्धमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का (उज्ज्वल) उत्रेका छन् ।
वाम गठबन्धनको टिकट वितरणमा असन्तुष्टी जनाउँदै खड्काले वाम गठबन्धनले पैसा र पहुँचवालालाई मात्रै उम्मेदवार बनाएको भन्दै सो निर्णय विरुद्ध उत्रने तयारी गरेका हुन ।
स्रोतका अनुसार उनले प्रदेशसभाका लागि अर्घाखाँची–१ बाट उम्मेदवारी दर्ता गराउने समेत तयारी गरेका छन् । झण्डै १० वर्ष अर्घाखाँचीमै बसेर नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जको रुपमा काम गरेका खड्का अर्घाखाँचीमा माओवादी केन्द्रका टोपबहादुर रायमाझीपछि दोस्रो नेताको रुपमा चिनिएपनि उनलाई गठबन्धनले टिकट नदिएपछि अर्घाखाँचीका माओवादी कार्यकर्ता आक्रोस समेत छाएको छ ।
प्रदेशसभाका लागि अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रले निर्विरोध रुपमा खड्काको मात्र नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको थियो ।
वाम तालमेलको नाममा आफूहरुको राजनीति र माओवादीको संगठन नै धरापमा पर्ने गरी प्रतिनिधिसभामा माओवादी र प्रदेससभाका लागि दुईवटै क्षेत्र एमालेलाई दिनेगरी निर्णय गरेपछि उनले वाम गठबन्धनको निर्णय नमानी उम्मेदवारी दिने तयारी गरेका हुन् ।
माओवादीको जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, पोलिट्ब्युरो सदस्य हुँदै उनी अहिले केन्द्रीय सचिवालय सदस्य पदमा वाम गठबन्धनले प्रतिनिधिसभाका लागि माओवादीका टोपबहादुर रायमाझी र प्रदेससभाका लागि क मा एमालेका चेतनारायण आचार्य र ख मा एमालेकै रामजीप्रसाद घिमिरेलाई उठाउने निर्णय गरेको छ ।
नेता खड्काले वाम गठबन्धनको विरुद्धमा उम्मेदवारी दिने तयारी गरेपछि अर्घाखाँचीमा गठबन्धनलाई ठूलै धक्का धक्का लाग्ने देखिएको छ ।
प्रतिक्रिया