शहरी विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीले योजनाको दीर्घकालीन टिकाउको लागि राम्रो इन्जिनियरिङ आवश्यक रहेको बताएकी छिन् । शहरी विकास तथा भवन निर्माण विभागले विश्व वसोबास दिवस तथा विश्व शहरी योजना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
योजनाको दीर्घकालीन टिकाउको लागि राम्रो इन्जिनियरिङ आवश्यक पर्ने भएपनि नेपालमा यसैको कमिले गर्दा योजनाहरु नै समस्याग्रस्त बन्दै गएको उनले बताईन् । उनले गाउँमा डोजर चलाउने ड्राईभरले नै सडक तथा अन्य संरचनाको डिजाईन गर्ने भन्दै यसले नै हाम्रो योजनाको यथार्थ रुप स्पष्ट पार्ने बताइन् ।
‘इन्जिनियरहरुलाई सही व्यवस्थापन गर्न नसक्दा इन्जिनियरहरुको काम डोजर चालकले गर्ने गरेका छन् भने इन्जिनियरहरु बेकामे बनेर बस्नु परेको छ ।’ उनले भनिन्, ‘यसका लागि सबै निकायहरु चनाखो भएर लाग्नुपर्छ ।’
सरकारले अति गरिव र विपन्न वर्गलाई आवासमा सेवा पुगोस् भनेर सुरु गरेको जनता आवास कार्यक्रममा ६ हजार आवास बनाएको शहरी विकास सचिव दीपेन्द्रनाथ शर्माले बताए ।
सरकारले २०७३ मा थप २० हजार आवास निर्माण गर्ने योजना ल्याएको थियो । उनका अनुसार गत वर्ष २० हजार आवास बनाउने योजना ल्याएको सरकारले १८ हजार आवास निर्माणको चरणमा पुगेको जानकारी दिए ।
प्रतिक्रिया