राजपा र संघीय फोरमबीच यसरी भयो तालमेल

राजपा र संघीय फोरमबीच यसरी भयो तालमेल


उम्मेदवार बाँडफाँडमा नेपाली काङ्ग्रेससँग कचमच परेर तालमेल अवरुद्ध भए पनि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सङ्घीय समाजवादी फोरम नेपालसँग भने सहमति जुटाएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त उम्मेदवार दिने विषयमा आज मंगलबार भएको बैठकपछि राजपा र संसफो सहमतिमा पुगेका छन् ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच २ नं प्रदेशको निर्वाचन क्षेत्रमा साझा उम्मेदवारको टुंगो लागेको हो । चुनावी तालमेलका लागि गठित दुवै पार्टीको कार्यदलले २ नं प्रदेशअन्तर्गत प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रमा संयुक्त उम्मेदवारको टुंगो लगाएको दुवै पार्टीका अध्यक्षले संयुक्त हस्ताक्षर गरी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

दुई दलबीच भएको सहमतिअनुसार प्रतिनिधिसभाअन्तर्गत फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र पाएको छ । त्यस्तै प्रदेशसभामा फोरमले ३५ र राजपाले २९ निर्वाचन क्षेत्र पाएको छ ।

दुई दलबीच भएको सहमतिअनुसार प्रतिनिधिसभाको लागि संघीय समाजवादी फोरमका तर्फबाट पर्साको निर्वाचन क्षेत्र नम्बर १, २ र ३, बाराको क्षेत्र नम्बर २ र ३, रौतहटको क्षेत्र नम्बर २ र सर्लाहीको क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिइने छ । यस्तै, महोत्तरीको क्षेत्र नम्बर १ र ४, धनुषाको क्षेत्र नम्बर १, २ र ४, सिराहाको क्षेत्र नम्बर १, २ र ३ अनि सप्तरीको क्षेत्र नम्बर १ र २ मा पनि राजपाले फोरमकै उम्मेदवारलाई मतदान गर्नुपर्ने छ ।

सहमतिअनुसार राजपाका तर्फबाट पर्साको निर्वाचन क्षेत्र नम्बर ४, बाराको क्षेत्र नम्बर १ र ४, रौतहटको क्षेत्र नम्बर १, ३ र ४ मा प्रतिनिधिसभामा उम्मेदवारी दिइने छ । यस्तै, सर्लाहीको क्षेत्र नम्बर १, २ र ४, महोत्तरीको क्षेत्र नम्बर २ र ३, धनुषाको क्षेत्र नम्बर ३, सिरहाको क्षेत्र नम्बर ४ र सप्तरीको क्षेत्र नम्बर ३ र ४ मा पनि राजपाकै तर्फबाट उम्मेदवारी दिइने छ ।

प्रदेशसभाको लागि संघीय समाजवादी फोरमका तर्फबाट पर्साको निर्वाचन क्षेत्र नम्बर १(१), १(२), २(१), ३(१), ३(२) र ४(२), बाराको क्षेत्र नम्बर १(१), २(१), २(२), ३(१) र ३(२), रौतहटको क्षेत्र नम्बर १(२), २(२) र ३(२), महोत्तरीको क्षेत्र नम्बर १(२), ४(१) र ४(२), सर्लाहीको क्षेत्र नम्बर २(२) र ३(२), धनुषाको क्षेत्र नम्बर १(१), १(२), २(२), ४(१) र ४(२) र सिरहाको क्षेत्र नम्बर १(१), १(२), २(१), २(२), ३(१) र ३(२) अनि सप्तरीको क्षेत्र नम्बर २(१), ४(१) र ४(२) मा उम्मेदवारी दिइनेछ ।

यसैगरी राजपाको भागमा पर्सा क्षेत्र नम्बर २(२) र ४(१), बारा क्षेत्र नम्बर १(२), ४(१) र ४(२), रौतहटको क्षेत्र नम्बर १(१), २(१), ३(१), ४(१) र ४(२), सर्लाहीको क्षेत्र नम्बर १(१), १(२), २(१), २(२), ३(१) र ३(२), महोत्तरीको क्षेत्र नम्बर १(१), २(१), २(२), ३(१) र ३(२), धनुषा क्षेत्र नम्बर १(२), ३(१) र ३(२), सिरहाको क्षेत्र नम्बर ४(१) र ४(२) अनि सप्तरीको क्षेत्र नम्बर १(१), १(२), २(२), ३(१) र ३(२) परेको छ ।