नेपाली कांग्रेस र राजपा नेपालबीच चुनावी गठ्बनधन प्रयास अझैसम्म निश्चित हुन सकेको छैन् । तर संघिय समाजवादी फोरम र राजपा नेपालबीच रहेको २ नम्बर चुनावी तालमेल अनुसार शिर्ष नेताहरुको उम्मेदवारी क्षेत्र लगभग तय भइसकेको छ ।
समाचार श्रोतका अनुसार राजपा नेता राजेन्द्र महतोले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ रोजेपछि नेपाली कांग्रेस र राजपाबीच चुनावी तालमेल हुन नसकेको हो । महतोले धनुषा ३ नछोड्ने भएपछि कांग्रेस नेता बिम्लेन्द्र निधिले धनुषा २ रोज्ने करिब-करिब तय भएको छ’ श्रोतले भने ‘अब निधिले २ सर्न तयार भए गठ्बन्धन हुने संभावना छ, तर नभए संभावना छैन’ ।
चुनाब तालमेलका लागि नेपाली काँग्रेस–राजपाबीच भएको प्रयास असफल भएपछि राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रतिनिधिसभाका लागि धनुषा–३ वाट उम्मेदवारी दिने निश्चित भएको छ । गएराति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेससँग कुराकानी नमिलेपछि महतो धनुषा–३ बाट उठ्ने पक्का भएको हो । उम्मेदवारी दर्ता गराउनका लागि महतो भोली जनकपुर जाँदैछन् ।
धनुषा–३ काँग्रेस नेता निधिको गृह क्षेत्र हो । त्यहाँ उनी तुलनात्मक रुपमा बलियो नै मानिन्छन् । राजपा नेता महतो जानासाथ उनले निधिका भोट काट्ने सम्भावना प्रवल छ । त्यसमाथि बाम गठबन्धनले सो क्षेत्रबाट उम्मेदवारी घोषणा नगरी कसैलाई समर्थन गरेर जाने रणनीति बनाएको छ । बाम गठबन्धनको मत निधिलाई नजाने निश्चित छ । तालमेल गरे बाम गठबन्धनका भोट महतोले पाउने सम्भावना प्रवल छ।
गत स्थानिय चुनावमा एमालेका मतदातालाई लखेट्ने जस्तो असहिष्णु व्यवहार गरेको आरोप निधिमाथि छ । त्यही भएर पनि बामपन्थी गठबन्धनको मत निधिले पाउने स्थिति छैन । ‘एमाले समर्थक मतदाताले कुनै पनि हालतमा निधिलाई भोट हाल्दैनन, त्यो भोट कि महताेजीलाई जान्छ कि कांग्रेसवाट आउने स्वतन्त्र उम्मेदवारलाई जान्छ,’ एक एमाले नेताले भने ।
यता शिर्ष मधेशी नेताहरु उपेन्द्र यादवले सप्तरी २, राजकिशोर यादवले सिरहा ४, शरदसिंह भण्डारी महोत्तरी २, महन्थ ठाकुर महोत्तरी ३ को ‘क’ वा ‘ख’, महेन्द्रराय यादव सर्लाही २ , अनिलकुमार झा रौतहट १ बाट उम्मेदवारी दिने निश्चित भएको छ । त्यस्तै राजपा नेता लक्षमणलाल कर्णले पर्सा ४ बाट र फोरम नेता रामसहाय यादवले बारा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने बताइएको छ ।
प्रतिक्रिया