कमलादीमा गोली चल्यो, हतियार सहित भारत पञ्जावका दुर्इ पक्राउ

कमलादीमा गोली चल्यो, हतियार सहित भारत पञ्जावका दुर्इ पक्राउ


काठमाडौंस्थित  कमलादीमा एक राउण्ड गोली चलेको छ । कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको हेरिटेज प्जालामा एक राउण्ड गोली चले पनि कोही घाइते नभएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सोही हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत पञ्जावका जसवित सिंह र हर देवेन्द्र सिंह नाम गरेका भारतीय पेस्तोल र गोलीसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ । प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ ।