मतदाताका साथमा गगनले यसरी गर्दैछन् उम्मेदवारी दर्ता

मतदाताका साथमा गगनले यसरी गर्दैछन् उम्मेदवारी दर्ता


दोस्रो चरणको निर्बाचन अन्तर्गत पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आम मतदाताहरुसँगै गएर प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गर्दैैछन् । थापाले बिहान ११ बजे नै मतदाता भेला भएर राष्ट्रिय सभागृह जाने तयारी गरिरहेका छन् ।

उनि काठमाडौं–४ का निवर्तमान सांसद हुन् । स्रोतका अनुसार काठमाडौं ४ का लागि उमेदवारी दर्ता गर्न थापा सहितको टोली बिहान ११ बजे नक्सालको नारायणचौरमा भेला भएर र्‍यालीसहित राष्ट्रिय सभागृहमा जानेछन् ।

संविधान सभाको निर्बाचनमा सोही क्षेत्रबाट अतयाधिक मत अन्तरले चुनाव जितेका थापको लोकप्रियता स्वास्थ्यमन्त्री भएपछि झनै बढेको छ । उनले माओवादी केन्द्रका नेता एवं हालका उपराष्ट्रपति नन्दकिशोर पुनलाई हराएका थिए ।

यसपटक उनका प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट भैसेपाटीमा अपार्टमेन्ट लिएर बस्दै आएका एमाले नेता राजन भट्टराई रहेका छन् । यसपटक मतदाताले कसलाई रोज्छन् चर्चा र जिज्ञासाको विषय बनेको छ ।