देवीसँगै उभिएर प्रचण्डले गराए उम्मेदवारी दर्ता

देवीसँगै उभिएर प्रचण्डले गराए उम्मेदवारी दर्ता


देवी ज्ञवालीसँगै उभिएर प्रचण्डले चितवनबाट उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

‘प्रचण्ड’ को उम्मेदवारी मनोनय दर्ता र्यालीमा एमालेका चर्चित नेता देवी ज्ञवाली अग्रपंक्तिमा देखिए । साढे १२ बजे माओवादी केन्द्र र एमालेको संयुक्त जुलुससहित जिल्ला निर्वाचन कार्यालय पुगेर उनले उमेदवारी दर्ता गराए । उनीसँगै ज्ञवाली प्रफुल्ल मुद्रामा देखिन्थे ।

भरतपुर महानगरपालिकामा हारको पीडा बिर्सिंदै देवी प्रचण्डलाई जिताउन चुनावी अभियानमा होमिएको बताइन्छ ।

मनोनयन दर्ता जुलुसमा प्रचण्डकी पुत्री एवं देवी ज्ञवालीकी पूर्वप्रतिस्पर्धी रेणु दाहाल पनि सँगै थिइन् । प्रचण्डको मनोनयन दर्ताका क्रममा चितवन ३ स्थित भरतपुरमा जनसागर उर्लिएको थियो ।

अध्यक्ष प्रचण्डको प्रस्तावकमा माओवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकोटा थिए ।