नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा चुनाव जित्न सकस पर्ने भएको छ । उनी विरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले वागी उम्मेदवारी दर्ता गराएपछि मत विभाजन हुने देखिएको हो ।
तनहुँ १ बाट उम्मेदवार सिफारिस परेका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध जोशीले उम्मेदवारी दर्ता गराएसँगै पौडेल संकटमा परेका छन् । वाजागाजासहित र्याली लिएर जोशी उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
भ्रष्टाचारको आरोप लागेका जोशीलाई कांग्रेसले टिकट निदएपछि वागी उम्मेदवारी दिएको बताइन्छ ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै जोशीले आफू नै नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार भएको बताए । उनले वीपीको विचार जोगाउन आफ्नो उम्मेदवारी भएको दाबी गरे ।
वरिष्ठ नेता रामचन्द्र पौडेल भने यो समाचार तयार गर्दासम्म उम्मेदवारी दर्ता गर्न गएका छैनन् ।
प्रतिक्रिया