संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिन निर्वाचन कार्यलय पुगेका छन् । यसअघि फोरम नेपाल र राजपा नेपालबीच २ नम्बर प्रदेशमा भएको तालमेल अनुसार सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि यादवले उम्मेदवारी दिएका हुन् ।
यादवसंगै प्रदेशसभा अन्तर्गत २ को क बाट फोरमका शैलेन्द्रप्रसाद साह र ख बाट राजपाका मनिषकुमार सुमनले उम्मेदवरारी दिएका छन् । यसैबीच, फोरम अध्यक्ष यादवले मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुले देखेको सपनालाई साकार बनाउन पार्टीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बहुमतका साथ विजयी हुनु जरुरी रहेको बताएका हुन् ।
उम्मेदवारी दिने त्ररममा नेता यादवले जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न मधेशी जनताले फोरम राजपा गठबन्धनलाई नै जिताउनुपर्ने बताए ।
प्रतिक्रिया