प्रतिनिधि सभा तथा प्रदेशसभाको चुनावका लागि रुपन्देहीमा उत्साहजनक तरिकाबाट मनोनयन दर्ता भएको छ । यो पटकको चुनावमा पनि केन्द्रिय नेता तर उही पुराना अनुहारले चुनावी मैदानमा प्रतिष्पर्धा गर्दैछन् ।
प्रतिनिधि सभाका लागि एमाले उपसचिव विष्णु पौडेलले रुपन्देही २ र अर्का उपसचिव घनश्याम भुसालले क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको छ । यस्तै राप्रपा प्रजातान्त्रिकका वरीष्ठ उपाध्यक्ष दिपक बोहराले रुपन्देही ३ बाटै उम्मेदवारी दिनुभएको छ ।
राजपा बाहुल्यक्षेत्र मानिने मर्चवार क्षेत्र ओगटेको रुपन्देही ४ बाट राजपाका केन्द्रिय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाको उम्मेदवारी परेको छ । एमाले र माओवादी केन्द्र बाम गठबन्धन बनाएर लडेको जिल्लामा कांग्रेसले राप्रपा प्रजातान्त्रिकसँग लोकतान्त्रिक गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको छ ।
यद्यपि दुवै गठबन्धनबाट चित्त नबुझेका दलका नेताहरूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । रुपन्देहीमा केन्द्रीय सभाकालागि ५ र प्रदेश सभाकालागि १० निर्वाचन क्षेत्र तोकिएको छ । जिल्लामा ५ लाख २२ हजार ६ सय २ मतदाता छन् ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया