आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज अर्थात कात्तिक १७ गते शुक्रबार उम्मेदवारहरुविरुद्ध उजुरी दिन सकिने छ ।
त्यसरी दर्ता भएका उजुरीमाथि आयोगले १८ गते छानविन गर्ने छ र १९ गते नामावली प्रकाशन गर्ने छ ।
आफ्नो नाम फिर्ता लिन चाहने उम्मेदवारले १९ गते नाम फिर्ता लिन सक्ने निर्बाचन आयोगको कार्यातालिकामा जनाइएको छ । त्यसपछि आयोगले अन्तिम नामावली प्रकाशित गर्नेछ र उम्म्ेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।
यो अवधिमा दलका नेताहरुले बागीलाई फकाउने र तालमेल हुन सक्ने स्थानमा उम्मेदवारी फिर्ता लिन लगाउने समय पाउने छन् ।
दलहरुले बिहिबार मनोनयन दर्ता गरेका थिए । दोस्रो चरणको निर्बाचन मंसिर २१ गते हुनेछ ।
प्रतिक्रिया