कांग्रेस–वाम गठवन्धनको घोषणापत्रमा विकासका एजेण्डा कम, आरोप प्रत्यारोप बढि

कांग्रेस–वाम गठवन्धनको घोषणापत्रमा विकासका एजेण्डा कम, आरोप प्रत्यारोप बढि


आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्बाचनलाई लक्षित गरी नेपाली कांग्रेस र वाम गठबन्धनले आफ्ना चुनावी घोषणापत्र तयार पारेका छन् । दुबैथरीले घोषणापत्रमा विकासका एजेण्डालाई भन्दा पनि एकअर्का प्रतिको आरोप प्रत्यारोपलाई मुल मुद्धा बनाएका छन् ।

नेपाली कांग्रेसले नेकपा एमाले र माओवादी केन्द्रलाई लक्षित गरी आफ्नो घोषणापत्रमार्फत कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाएको थियो । त्यसको जवाफी कार्बाहीमा वाम गठबन्धनले पनि आफ्नो घोषणापत्रमार्फत नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गर्दै ‘दलाल’ को संज्ञा दिएको छ ।

यस्तै, वाम घोषणापत्रमा राजपाको नीति आत्मसमर्पणवादी रहेको उल्लेख गरिएको छ । संघीयताको कुरा गरे पनि राजपा स्थानीय तहको स्वशासनको अधिकारको विपक्षमा उभिएको आरोप लगाइएको छ ।

उता, घोषणापत्रमार्फत संघीय फोरमप्रति नरम बनेका वाम गठबन्धन उसकोे नीति, काम र व्यवहार सामाजिक सदभावलाई कमजोर पार्ने किसिमको भनेर आरोप लगाइएको छ भने राप्रपाको चरित्र सामन्तवादी भन्दै घोषणापत्रमा राप्रपालाई अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी भएको ठहर गरिएको छ ।