नारायणमानले भने–राष्ट्रिय राजनीतिले बाटो बिरायो

नारायणमानले भने–राष्ट्रिय राजनीतिले बाटो बिरायो


नेपाल मजदुर किसानका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपालको राष्ट्रिय राजनीतिले बाटो विराउँदै गएको बताएका छन् ।

रफ्त सञ्चार क्लबद्वारा शुक्रबार आयोजित अन्तरक्रियामा उनले आफु प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बताए ।

उनले नयाँ पुस्ता पनि जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णयअनुसार नै पुस्ता हस्तान्तरण गरिएको बताए ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उमेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् ।

वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमा सक्रिय रुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा (एमाले) र माओवादी केन्द्र सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाए । यो गठबन्धन भित्र नै आन्तरिक कलह भैरहेकोले यसले दिर्घकालिन रुप लिन नसक्ने उनले बताए ।

गठबन्धले देशमा दुई पार्टीको रुपमा देखिने चर्चा गर्दै उनले दुई पार्टीको रुपमा राजनीतिक दलहरु आए झनै राजनीतिक भद्रगोल हुने भन्दै उनले थ्रेस होल्डले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने बताए ।