देवी ज्ञवालीले आफ्नै मत पत्र च्यात्नेसँग कुम जोडाएपछि…

देवी ज्ञवालीले आफ्नै मत पत्र च्यात्नेसँग कुम जोडाएपछि…


एमाले नेता देवी ज्ञवालीले आफ्नै मत पत्र च्यात्नेसँग कुम जोडाएपछि यतिबेला सामाजिक संजालमा उनको निकै चर्चा भएको छ ।

भरतपुर महानगरपालीका स्थानीय तहको निर्वाचनको क्रममा प्रचण्ड पुत्री रेणु दाहाल सँगका प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीले आफ्नै मतपत्र च्यात्नेसँग कुम जोडाएर खिचेको फोटाले चर्चा कमाएको हो ।

मतगणना गर्ने क्रममा माओवादी भन्दा एमाले उम्मेदवार देवी अगाडी थिए ,यसैक्रममा उम्मेदवार रेणु दाहाल समर्थक द्रोण बाबु शिवाकोटी र वाईसियल अध्यक्ष मधु न्यौपानेले एमालेको मतपत्र च्यातेका थिए र प्रहरीको पक्राउमा पनि परेका थिए ।

च्यातिएको मतपत्रको कारण लामो समय स्थगित मतगणना अदालतले पुनः मतदान गर्न आदेश दिएपछि भएको मतदानमा देवी ज्ञवालीको हार भएको थियो । हार पछि ज्ञवाली निकै आक्रोशित हुनुको साथै मतपत्र च्यातिएको र नियोजीत रुपमै आफ्नो हार भएको बताउँदै आएका थिए ।

पछिल्लो समय बाम गठबन्धन पछि बितेका कुराहरु राजनीतीक परिस्थीती मात्र हो भन्दै तिनै देवी ज्ञवाली हिजो आज प्रचण्डलाई जिताउने प्रचारप्रसारमा अग्र भागमा देखीन थालेका हुन् ।

केहि समय अघि मात्र प्रचण्ड पुत्र प्रकाश दाहाल संग सेल्फी खिचेका उनले मतपत्र च्यात्ने द्रोण शिवाकोटीसँग कुम जोडेर फोटा खिचेपछि उनलाई सामाजिक संजाल प्रयोगकर्ताले विभिन्न कोणबाट कमेन्ट गरेको पाइन्छ ।

कतिले सकारात्मक भनेका छन् भने कतिले ज्ञवालीको सो कार्य राम्रो नभएको टिप्पणी  गरेका छन् ।