– चन्द्रकान्त खनाल
रुपन्देहीमा उत्साहपूर्ण रुपमा मनोनय दर्ता भएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हिजो भएको मनोनयनमा दलहरूको उत्साहपूर्वक सहभागिता रहेको छ ।
पाँच प्रतिनिधि सभा र १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि बाम गठबन्धनका तर्फबाट एमाले पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेश सभाका (१) मा एमाले डा. कृष्ण न्यौपाने र (२) मा माओवादीमा दधिराम न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिनिधि सभाका लागि लोकतान्त्रि गठबन्धनका तर्फबाट कांग्रेस जिल्ला सभापति एवं खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेशसभा १ मा राप्रपाका ताहिर अलि र प्रदेशसभा २ काग्रेसका हरि न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नं.२ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि पूर्वअर्थमन्त्री एवं एमाले उपमहासचिव विष्णु पौडेलले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेश सभा १ र २ मा एमालेका लिला गिरी र भोजप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।
यहाँ लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि कांग्रेसका युवराज गिरीले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेशसभा १ मा काजिमान श्रेष्ठ र प्रदेशसभा २ महेशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका लागि पूर्वमन्त्री एवं एमालेका उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी गर्दा गरेका छन् भने प्रदेश सभा १ मा माओवादी केन्द्रका विश्वास बराल र २ मा एमालेका तुलसीप्रसाद चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।
यहा लोकतान्त्रि गठबन्धनबाट राप्रपा प्रजातान्त्रिक बरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्य मन्त्री दीपक बोहराले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा १ मा कांग्रेसका देवी चौधरी र २ मा रामचन्द्र ढकाल उम्मदवार बनेका छन् । क्षेत्र नं. ३ प्रदेश सभा १ मा कांग्रेस असन्तुट जिल्ला सदस्य ओम श्रेष्ठले चौधरीविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका छन् ।
यहाँ प्रतिनिधिसभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट केन्द्रिय सदस्य सूर्यकुमार सारु मगरले उम्मेदवारी दिएका छन् । संघीय समाजवादी फोरमबाट प्रतिनिधि सभाका लागि जिल्ला अध्यक्ष महेन्द्र यादव र प्रदेश सभा १ का लागि सन्तोष पाण्डेले उम्मेदवारी दिएका छन् ।
विवेकसिल साझा पार्टीबाट प्रतिनिधि सभाका लागि पार्थिवेन्द्र उपाध्याय र प्रदेश सभा १ का लागि अमित गुप्ताले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. ४ मा प्रतिनिधि सभाका लागि राजपा नेपालका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले उम्मेदवारी दिएका छन् । बाम गठबन्धनको तर्फबाट एमाले नेता ओमप्रकाश यादव गुल्जारीले उम्मेदवारी दिएका छन् भने प्रदेश सभा १ मा एमालेकी पल्लवी शुक्ला र २ मा सहबुद्धिन देवानले उम्मेदवारी दिएका छन् ।लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका प्रमोद यादवले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा १ मा अष्ठभुजा पाठक र प्रदेशसभा २ मा बसिउद्धिन खानले उम्मेदवारी दिएका छन् । यहाँ प्रदेश सभा २ मा खानको विरुद्ध काग्रेसका क्षेत्रीय सभापति विरेन्द्र जैसवालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. ५ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका लागि माओवादी केन्द्रका नेता डिलाराम आचार्यले उम्मेदवारी दिएका छन् भने प्रदेश सभा १ मा एमालेका भुमिश्वर ढकालले उम्मेदवारी दिएका छन् । यहाँ ढकाल विरुद्ध एमालेका जिल्ला सदस्य मिनप्रसाद घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका भरतकुमार शाहले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा १ मा बिष्णु पोखरेल र प्रदेशसभा २ मा फकरुदिन खांले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले बताए ।
जिल्लामा ५ लाख २२ हजार ६ सय २ जना मतदाता छन् । निर्वाचन सहज बनाउन २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको छ । प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र नं १ अन्तरगत ४५ मतदान स्थलमा १ सय २७ मतदान केन्द्र छन् भने १ लाख १२ हजार १ सय ३० मतदाता छन् । यहँ प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा २४ मतदान स्थलमा ६७ मतदान केन्द्र छन् जहाँ ५७ हजार ४ सय २१ मतदाता छन् । त्यसैगरी क्षेत्र (ख) मा २१ मतदानस्थल र ६० मतदान केन्द्रछन् भने ५४ हजार ७ सय ९ मतदाता छन् ।
प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा २४ वटा मतदान स्थल र १ सय १२ मतदान केन्द्र छन् भने १ लाख ५ हजार २ सय ६ मतदाता छन् । प्रदेश सभा अन्तरगत क्षेत्र (क) मा १० मतदानस्थल र ५४ मतदान केन्द्र छन् । यहाँ ५१ हजार ६ सय ३ मतदाता छन् ।
यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा १४ मतदानस्थल र ५८ मतदान केन्द्र छन् । यसमा ५३ हजार ६ सय ३ मतदाताहरु छन् । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. ३ मा ४६ मतदानस्थलमा १ सय २४ मतदान केन्द्र छन् भने कुल मतदाता संख्या १ लाख ९ हजार २ सय ७८ छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा २० मतदानस्थल र ६१ मतदान केन्द्र छन् । यहाँ ५५ हजार १ सय ७६ मतदाता छन् । त्यसैगरी क्षेत्र (ख) मा २६ मतदानस्थल र ६३ मतदान केन्द्र छन् भने ५४ हजार १ सय २ मतदाता छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत ४८ मतदानस्थलमा १ सय ११ मतदान केन्द्र छन् भने ८९ हजार ८ सय ३५ मतदाताहरु छन् । प्रदेश सभा निर्वाचन क्षेत्र अन्तरगत क्षेत्र (क) मा २४ मतदानस्थल र ५५ मतदान केन्द्र छन् भने ४३ हजार ४ सय ६८ मतदाता छन् । क्षेत्र (ख) मा २४ मतदानस्थल र ५६ मतदान केन्द्र छन् भने ४६ हजार ३ सय ६७ मतदाता छन् ।
यस्तै प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र नं. ५ अन्तरगत ४५ मतदानस्थल र १ सय २४ मतदान केन्द्र छन् भने १ लाख ६ हजार १ सय ५३ मतदाता छन् । प्रदेश सभा निर्वाचन अन्तरगत क्षेत्र (क) मा २० मतादानस्थल र ६९ मतदान केन्द्र छन् भने ६१ हजार ५ सय ८३ मतदाता छन् । प्रदेश सभा क्षेत्र (ख) अन्तरगत २५ मतदानस्थल, ५५ मतदान केन्द्र र ४४ हजार ५ सय ७० मतदाता छन् ।
प्रतिक्रिया