लमजुङका १८ मतदानस्थल अति संवेदनशिल

लमजुङका १८ मतदानस्थल अति संवेदनशिल


सुरक्षा समिति लमजुङले जिल्लाका मतदानस्थलको सुरक्षा स्तरीकरण गरेको छ । जिल्लाका एकसय २३ मतदानस्थलमध्ये १८ वटा मतदान स्थललाई अति संवेदनशिल क्षेत्र तोकेको छ ।

सुरक्षा समितिका अनुसार जिल्लामा ८० वटा मतदानस्थल संवेदनशिल र बाँकी २५ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए ।

प्रजिअ मैनालीले अति संवेदनशिल र संवेदनशिल क्षेत्रकालागि विशेष सुरक्षा व्यवस्था मिलाईएको बताए । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउनको लागि सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने उनको भनाई छ ।

चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमजुङमा अति संवेदनशिल केन्द्रमा दोश्रो चरणमा निर्वाचन हुने तनहुँ र कास्कीका सिमानाका क्षेत्रलाई मानिएको बुझिएको छ ।

लमजुङमा एकसय २३ मतदानस्थलमा एकसय ६५ मतदान केन्द्र रहेका छन् । सुरक्षा समितिले सवै मतदानस्थलाको पूर्व अनुगमन गरी सुरक्षा व्यवस्थालाई कडाई गर्ने जनाएको छ ।