नेतृत्वले टिकट बिक्री गरेको आरोप लगाउँदै काङ्ग्रेस नेताले छोडे पार्टी

नेतृत्वले टिकट बिक्री गरेको आरोप लगाउँदै काङ्ग्रेस नेताले छोडे पार्टी


नेपाली काङ्ग्रेसका एक पुराना नेता नेताले पार्टी नै छाडेका छन् । टिकट वितरणमा आर्थिक चलखेलका कारण आफ्नो फिक्स भएको टिकट अन्तिम समयमा अर्कैलाई बेचिएको आरोप लगाउँदै काङ्ग्रेस महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले पार्टीको साधारण सदस्य समेत नरहने गरि काङ्ग्रेस परित्याग गरेका हुन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० निवासी पौडेलले आगामी मंसिर २१ गते हुने प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ को ‘ख’बाट उम्मेदवारी दर्ता गराएसँगै आफूमाथि भएको अन्याय सहन नसकेर उम्मेदवारी दर्ता गराएको तथा पार्टी परित्याग गरेको बताए ।

२०३४ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरी राजनीति आरम्भ गरेका पौडेल २०३६ सालमा क्रियाशील सदस्यता लिई पार्टीका जिम्मेवारीसहित पार्टीले लिएका नीति निर्देशन पालना गर्दै युवा अवस्थादेखि हालसम्म धैर्यता प्रदर्शन गरे पनि आफूमाथि ठूलो अन्याय भएको बताए ।

पार्टीमा कुनै मुल्याङ्कन नभएको र पैसावाला तथा नवप्रवेशीहरुको हातमा पार्टी पुगेको उनले बताए । २०३६ सालको छात्र आन्दोलन, २०३६ कै जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय रहेको तथा २०४० को सुरजपुरा काण्डमा गिरिजाप्रसाद कोइरालाको ज्यान जोगाई आफूले सेमराबजार हुँदै बुटवल पु¥याएको घटना स्मरण गर्दै पौडेलले भारी मनले पार्टी छोड्नुपरेको उल्लेख गरे ।

२०४६ सालको जनआन्दोलनमा माघ २९ गते प्रहरीले आफ्नो घरमा घेरा हाली पक्राउ गरेर बुटवल प्रहरी थानामा हिरासत बस्नुपरेको र सोही हिरासतमा रहँदा प्रहरीले दिएको चरम यातनाका कारण दाहिने आँखा गुमाउनु परेको समेत उनले बताए ।

पत्रकार सम्मेलनमा पौडेल पार्टीमा नताबाट र कृपावादका कारण टिकट वितरणमा देखाएको अकर्मण्यताले पार्टीप्रति निष्ठावान, प्रतिबद्ध इमानदार नेता तथा कार्यकर्तालाई निकै ठूलो चोट परेको उल्लेख गरे ।