संविधान बचाउन पनि कांग्रसले चुनाव जित्नुपर्छ : शंशाक कोइराला

संविधान बचाउन पनि कांग्रसले चुनाव जित्नुपर्छ : शंशाक कोइराला


नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले कांग्रेसले संविधान ल्याएकोले यसलाई बचाउन पनि कांग्रेसले जित्नुपर्ने बताएका छन् ।

बर्दघाट सुस्ता पूर्वको नवलपुर को निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा उठेका महामन्त्री कोइरालाले शनिवार गैँडाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसले जुनसुकै हालतमा पनि आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनाव जित्नुपर्ने बताएका हुन् ।

बाम गठबन्धनले दुई तिहाई मत ल्याएर संविधान परिवर्तन गर्न एक भएको आरोप लगाउँदै यसको रक्षाको लागि कांग्रेसले जित्नुपर्ने बताए । उनले बाम गठबन्धनले नवलपुरको पूर्वी खण्डमा नजित्ने दा गर्दै गठबन्धनबाट कांग्रेस माथि आक्रमण भएको जिकिर गरे ।