रामचन्द्रका वागी गोविन्दराजको उम्मेदवारी खारेज

रामचन्द्रका वागी गोविन्दराजको उम्मेदवारी खारेज


अन्ततः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका काँग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ । शुक्रबार नेता पौडेलले दिएको उजुरी अनुसार तनहुँ क्षेत्र नं १ बाट उनको उम्मेदवारी खारेज गरेको हो ।

शनिबार बसेको निर्बाचन आयोगको बैठकले नेता जोशीले दिएको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको आयोग स्रोतले घटना र बिचारलाई जानकारी दियो ।

आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी बदर गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको बताइएको छ ।