केपी ओली ताप्लेजुङमा, योगेशको चुनावी सभालाई प्रचण्डले सम्बोधन नगर्ने

केपी ओली ताप्लेजुङमा, योगेशको चुनावी सभालाई प्रचण्डले सम्बोधन नगर्ने


निर्वाचन प्रचारका लागि वाम गठबन्धनका उम्मेदवारहरुको चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङ पुगेका छन ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा पार्टीका युवा नेता प्रचार विभाग प्रमुख समेत रहेका पार्टी सचिव योगेश भट्टराई ताप्लेजुङमा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकाले उनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका हुन ।

सदरमुकाम फुङलिङको तोक्मेडाँडाँमा हुने आमसभामा सहभागी हुनुअघि पाथिभरा दर्शन गर्ने, त्यसपछि जननेता मदन भण्डारीको जन्मघर ढुङगेसाँघु पुग्ने र सदरमुकाम फर्कने कार्यक्रम रहेको छ ।

पछिल्लो समय पार्टीमा अध्यक्ष ओलीले रुचाईएका युवानेताको सूचिमा योगेश भट्टराईको नाम अग्र सुचिमा रहेको र सोही अनुरुप पनि ओलीले प्राथमिकताका साथ योगशे चुनाव लडेको क्षेत्रमा पुगेका ओली निकट एक नेताले बताए ।

दुई पार्टीका अध्यक्षलेनै सम्बोधन गर्ने भनिए तापनी अन्तिम समयमा अध्यक्ष प्रचण्ड भने ताप्लेजुङको सभामा अनुपस्थित हुने भएका छन् । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन ३ को पूर्वनिर्धारित कार्यक्रम व्यस्त भएकाले ताप्लेजुङ जान नसकेको बताईएको छ ।

ताप्लेजुङ जिल्लाबाट एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा, बलबहादुर साम्सोहाङ (एमाले) र टंक आङवोहाङ (माओवादी केन्द्र) प्रदेशसभा निर्वाचनमा क र ख केन्द्रवाट उम्मेदवार बनेका छन् ।