एमाले मुख्यालयको दबावपछि कोमल वली ‘ब्याक’ !

एमाले मुख्यालयको दबावपछि कोमल वली ‘ब्याक’ !


एमाले मुख्यालयको दवावपछि कोमल वली ‘ब्याक’ भएकी छन् । प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी वलीले एमाले मुख्यालयको दबाब पछि आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।

उनलाई उम्मेदवारी दिएको समयदेखि नै केही एमाले नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । केही समय अगाडि मात्र नेकपा एमालेमा प्रवेश गरेकी ओलीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रमा उम्मेदवारी दिएकी थिइन् ।

वलीले अब नेकपा एमालेलाई सहयोग गर्ने बताएकी छिन् । उम्मेदवारी फिर्ता पछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भनिन, ‘एमालेले टिकट नदिएर मलाई अन्याय र्गयो तर अब म एमालेलाई सहयोग गर्छु ।’