चुनावी मुखमा नयाँ शक्तिलाई धक्का : गंगा चौधरी एमालेमा फर्किन्

चुनावी मुखमा नयाँ शक्तिलाई धक्का : गंगा चौधरी एमालेमा फर्किन्


चुनावी मुखमा नयाँ शक्तिलाई धक्का लाग्ने गरी नयाँ शक्ति पार्टी नेपालकी नेतृ गंगा चौधरी नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

केही समयअगाडि थारुहट तराई पार्टीबाट नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेकी चौधरी पार्टीको पछिल्लो क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै एमालेमा प्रवेश गरेकी हुन् ।

पार्टी प्रवेशपछि संचारकर्मीलाई प्रतिक्रिया दिर्दै उनले भनिन्,‘नयाँ शक्तिको पछिल्लो क्रियाकलाप मलाई चित्त बुझेन् तसर्थ म एमालेमा फर्किन बाध्य भएँ ।’

चौधरीले एमाले, माओवादी र नयाँ शक्तिबीचको वाम गठबन्धनबाट नयाँ शक्ति निस्कँदा आफूलाई दुःख लागेको पनि बताइन् ।

उनले अगाडि भनिन, ‘मलाई वाम गठबन्धन बन्दा पुरानै घर फर्किन पाइयो भनेर एकदमै खुशी लागेको थियो, तर त्यो खुशीलाई बाबुराम भट्टराईले केही हप्तामा नै मेटाइदिनुभयो । नयाँ शक्तिको भविष्य नै नदेखेर नयाँ शक्ति छाडेकी हुँ ।’’

चौधरीले नयाँ शक्ति पार्टी नेपालबाट समानुपातिक सूचीबाट आफ्नो नाम हटाउन भनेको जानकारी दिइन् ।