अरुण तेस्रो निर्माणपछि स्थानीयलाई शेयर दिलाउने काम मेरो : नेता खड्का

अरुण तेस्रो निर्माणपछि स्थानीयलाई शेयर दिलाउने काम मेरो : नेता खड्का


नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले संखुवासभा जिल्लालाई प्रदेश नं १ कै नमूना जिल्ला बनाउने बताएका छन् ।

नेपाली काँग्रेस धर्मदेवी नगरपालिकाले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता खड्काले एक नम्बर प्रदेशलाई चाहिनेजति स्रोत साधन पु¥याउने गरी काम गर्ने बताएका हुन् ।

नेता खड्काले लामो समय जिल्लाको नेतृत्व गरेको कम्युनिष्टले संखुवासभाको विकासमा काम गर्न नसकेको आरोप लगाउँदै आफू सांसद बनेपछि व्यक्तिगत तथा सांसद विकास कोषको खर्चमा धेरै काम गरेको स्पष्ट पारे ।

उनले बहुप्रतिष्ठित आयोजनाका रुपमा रहेको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण भएपछि स्थानीयहरुलाई शेयर दिलाउने काममा आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘कम्युनिष्टहरु भाषण गर्छन्, काम गर्दैनन्, काँग्रेसहरु काम गरेर देखाउने पार्टी हो,’ – युवा नेता खड्काले भने ।

कार्यक्रममा काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, प्रदेश सभा (ख) का उम्मेद्वार दिपक लिम्बुलगायतको उपस्थिती रहेको थियो ।