प्रचण्डका कारण वाम गठबन्धनको ताप्लेजुङ-दार्चुला अभियान रोकियो

प्रचण्डका कारण वाम गठबन्धनको ताप्लेजुङ-दार्चुला अभियान रोकियो


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण बाम गठबन्धनको ताप्लेजुङ दार्चुला अभियान उद्घाटनसँगै रोकिएको छ ।

एमाले सचिव कृष्णगोपाल श्रेष्ठले दुबै पार्टीको निर्वाचन व्यवस्थापनमा धेरै समय दिनुपर्ने भएकोले अभियान स्थगित गरिएको जानकारी दिए ।

उनका अनुसार ताप्लेजुङमा एमाले अध्यक्ष ओलीले आईतबार कार्यक्रम गरेको भएपनि सोमबारदेखिका कार्यक्रमहरु स्थगित गरिएको हो ।

प्रचण्ड आफ्नो चुनावी क्षेत्र चितवन–३ मा व्यस्त छन् । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाने कार्यक्रम रहेको थियो । तर उनी आफ्नै चुनावी क्षेत्रमा प्रचारमा व्यस्त रहेकोले ताप्लेजुङ गएनन् ।

दुई पार्टी मध्ये एक पार्टीका अध्यक्ष नै उपस्थित नभएपछि अभियान तुहिएको एमालेका एक नेताले जानकारी दिए ।