चितवनमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा

चितवनमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा


मुक्तिनाथ विकास बैंक लि.ले चितवनको खैरहनी नगरपालिका–८ पर्सामा शाखा खोलेको छ । शाखा कार्यालय पर्साको समुद्घाटन खैरहनी नगरपालिका नगरप्रमुख लालमणि चौधरीले गरेका हुन् ।

शाखा उद्घाटनका अवसरमा मन्तव्य दिँदै उनले यस क्षेत्रमा कृषि पर्यटनको विकासका लागि वित्तीय संस्थाहरूको उपस्थिति बढ्नु खुशीको कुरा भएकोले पर्सावासीको सदैव साथ–सहयोग रहने उल्लेख गरे ।

कार्यक्रममा बैकका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न्ह पोखरेलले स्वागत मन्तब्य ब्यक्त गर्दै बैंकको हालको अवस्था तथा बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्रमा विशेष जोड दिई रहेको बारेमा प्रकाश पार्नुका साथै बैंकले प्रदान गर्दै आइरहेको सेवा–सुविधाका बारेमा चर्चा गरे ।

उक्त विकास बैंकको चितवन जिल्लामा ४ वटा शाखासहित गरी कुल ७० वटा कार्यालय पुगेको बताइएको छ । बैंकले २०७४ आश्विन मसान्तसम्म १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी १६ अर्ब ८० करोड कर्जा लगानी गरेको छ भने सोही अवधिमा बैंकले १३ करोड ५४ लाख खुद मुनाफा गर्न सफल भएको दाबी गरेको छ ।