देश अहिले निक्कै नै संक्रामक अवस्थामा गुज्रिरहेको छ । यो अवस्था, सुकेको परालजस्तै अति नै सम्वेदनशील अवस्था हो । एक सानो आगोको झिल्का नै दन्दनी सल्किनुमा काफी हुन्छ । संघीयतामा जाँदै गरेको देशले पहिचानसहितको वा प्राकृतिक श्रोतसहितनको या भौगर्भिक परिवृतसहितको या भाषासहितको विविधता खोजेको भए तापनि साझा अनि राष्ट्रिय चिन्तनको अभावमा देश विखण्डित निचोडको अत्यन्तै नजिक पुगेको छ । जातीयताको आधारमा उही नेपालीहरु प्नि फरक र भिन्न देखिन थालेका छन् । यसरी भिन्न देखिने क्रम सतही नभई गहिरोसँग सगोल भएर बढ्न थालेको छ । संविधान बनाउने क्रमको अति नै नजिकै पुग्दै गरेको देशमा विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाहरु आआफ्नो स्थान सुनिस्चित गर्नका लागि सडकमा आक्रामक बन्दै गएको स्पष्ट देखिएको छ । यो यस्तो प्रकृया हो, जसमा घृणा र्सवत्र फैलिएको हुन्छ । यो बेलामा आगोको सानो झिल्काजस्तै एक जातिबाट, वा एक समूहबाट अर्को जाति वा समूहमाथि आक्रमण, वा सांघातिक हमला वा दुर्व्यवहार गरिए त्यसले समस्त मुलुकमा अराजक स्थितिको उत्पत्ति अवश्य नै हुन्छ । देशलाई शान्त र स्थीर देख्न नचाहने, देश तथा विदेशी शक्तिहरुको भित्रभित्रै सञ्चालित भइरहेको अहिलेको अवस्थामा आन्दोलन गर्दै वा जुलुश निकाल्दै आफ्नो माग लिएर जाँदै गरेका संघसंस्थाहरुका नाइकेहरुले गम्भीर रुपमा अभिभारा लिनुपर्ने भएको छ । इतिहासमा कालो अध्यायको रुपमा वा सुनौलो समयको अवस्थामा लिन सकिने कालमा नेपालीहरु र्व्तमान कालमा बाँचिरहेका छन् । जातीय सदभाव थाँती रहेको अवस्था नै नेपालको मूल राष्ट्रियता थाँती रहेको अवस्था हुन गएको यो पल हरेक जिम्मेदार नेपालीले भुल्नु हुँदैन ।
स्मरण रहोस् -नेपाल रहे मात्र नेपाली रहन्छ, साथमा भेषभुषा, जात अनि संस्कृति रहन्छ ।
प्रतिक्रिया