भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार दमननाथ ढुंगानाले आफू टुरिष्ट तथा पाहुना उमेदवार नभएको प्रष्ट पारेका छन् ।
रफ्त सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्व सभामुखसमेत रहेका ढुंगानाले भक्तपुरमा आफनो राजनीतिक लगानी भएको भन्दै यस्तो स्पष्ट पारेका हुन् ।
उनले भने, “आफूले कुचो लिएर राजनीति कुचिकार बनेर भक्तपुरमा उमेदवारी दिएकाले यहाँबाट निर्वाचन जितेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।”
विशिष्ट परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आफूलाई उमेदवारी दिएको उनले बताए । प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले काठमाडौ २ बाट उमेदवार बन्न आग्रह गरेता पनि आफूले नै भक्तपुर २ रोजेर आएको उनले बताए ।
करिब २३ बर्षपछि राजनीतिमा आउनुको कारण देशमा अहिले देखिएको राजनीतिक फोहोर सफा गर्नु नै रहेको उनले बताए ।
नेमकिपाको समर्थनमा उमेद्वारी दिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा ढुंगानाले भने, “आफ्नै उमेद्वार उठाएको नेमकिपाले कांग्रेसलाई किन मतदान गर्छ ? नारायणमानजी मेरो साथी मात्र हो । राजनीतिक हिसाबमा हामी फरक छौँ ।”
प्रतिक्रिया