राप्रपाको चुनावी घोषणापत्र : ‘राजासहितको प्रजातन्त्र’ (घोषणापत्रको पूर्ण पाठसहित)

राप्रपाको चुनावी घोषणापत्र : ‘राजासहितको प्रजातन्त्र’ (घोषणापत्रको पूर्ण पाठसहित)


आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित गर्र्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

राप्रपाले आफ्नो घोषणापत्रमा हिन्दु राज्य पुनस्र्थापना, राजासहितको प्रजातन्त्रलाई महत्वका साथ उठाएको छ । प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रवामपन्थको धरापमा फस्दै गएको र राष्ट्रिय अखडण्तामा चुनौती थपिएको विषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ ।

राप्रपाले खसआर्य समूदायको पहिचान र रक्षा, बालबालिका, जेष्ठ नागरिकको हित संरक्षण, भूपु सैनिक, निजामती कर्मचारीहरुको संरक्षण, यातायात विकास, भौतिक पूर्वाधारहरुको विकास, पर्यटन क्षेत्रको विकास, वन तथा वातावरण संरक्षण लगायतका विषयलाई पनि घोषणापत्रमा समेटेको छ ।

ललितपुरस्थित हिमालय होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा नेपालको भूराजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनावी राजनीतिभन्दा माथि रहेको तथा सबैले सम्मान र विश्वास गर्ने एउटा साझा संस्थाको रुपमा राजसंस्था आवश्यक छ भन्ने उल्लेख छ ।
उसले घोषणापत्रमार्फत नेपाल बन्द नगर्ने उद्घोष पनि गरेको छ ।

सार्वभौमसत्ता जनतामा निहीत रहने, देशको शासन जनताबाट निर्वांचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र संविधान अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था रहने उसले बताएको छ ।

साथै राप्रपाले नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने अडान घोषणापत्रमा दोहोर्‍याएको छ ।

 

यस्तो छ घोषणापत्रको पूर्ण पाठ :

[pdf-embedder url=”https://ghatanarabichar.com/wp-content/uploads/2017/11/RPP-Election-Manifesto-2074.pdf” title=”RPP Election Manifesto 2074″]