निर्वाचन पर्यवेक्षणका लागि एक सय पर्यवेक्षक, ३५ लाख यूरो खर्चिने

निर्वाचन पर्यवेक्षणका लागि एक सय पर्यवेक्षक, ३५ लाख यूरो खर्चिने


युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको नेतृत्व क्रोयसियाबाट प्रतिनिधित्व गर्ने युरोपेली संसदकी सदस्य जेल्याना जोभ्कोले गरेकी छिन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै इयूले मिसनमा एकसय वढी पर्यवेक्षकहरु रहेको जनाकारी गराएको छ ।

निर्वाचनको वातावरण, भयरहित वातावरणमा मतदान भए नभएको अनुगमन गर्ने र मतदानपछिको मतगणना प्रक्रिया लगायतमा समेत पर्यवेक्षण गर्ने संसदकी सदस्य जेल्यानाले बताइन् ।

मिसनले निर्वाचन प्रक्रियासँग सम्वन्धित राजनीतिक, निर्वाचन एवं निर्वाचन प्रक्रिया सम्वन्धित कानुनी मुद्धाहरुको विश्लेषण गर्दै यसलाई बन्दोवस्ती तथा सुरक्षा सम्वन्धी विज्ञहरुले सहयोग गर्ने मिसन प्रमुख जेल्यानाले बताइन् । उनले नेपाल सरकारको आग्रह र निर्वाचन आयोगको समन्वयमा आफूहरु पर्यवेक्षणमा खटिएको जानकारी दिइन् ।

इयूका अनुसार हाल ३८ जनाको दीर्घकालीन पर्यवेक्षकहरु मिसनमा संलग्न भएका छन् । मतदानपछि मतगणनाको पर्ववेक्षणमा पनि पर्यवेक्षकहरु आउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । दीर्घकालिन तथा अल्पकालिन पर्यवेक्षकहरुलाई यूरोपेली संसदको सात सदस्यीय प्रतिनिधिमण्डल एवं नेपालमा रहेका यूरोपेली राष्ट्रका कुटनीतिज्ञहरुले साथ दिने बताइएको छ ।

मिसनमा ३५ लाख यूरो खर्च हुने मिसन प्रमुख जेल्यानाले जानकारी गराएकी छिन् । पर्यवेक्षकहरु अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षकहरुको कठोर आचारसंहिताबट वाधिएका हुने पनि उनले बताइन् ।

निर्बाचनको दोस्रो तथा अन्तिम चरणको समाप्तिको लगत्तै इयूले आफ्नो प्रारम्भिक निष्कर्षसहितको बक्तब्य जारी गर्नेछ । इयूले नेपालको लोकतान्त्रिक विकासको एउटा महत्वपूर्ण चरणका रुपमा रहेको निर्बाचनमा इयुको उपस्थितिले समावेशी पारदर्शी निर्बचन प्रक्रियामा योगदान पु¥याउने अपेक्षा लिइएको छ ।