वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक

वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक


वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक भएको छ । एमाले– माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै माओवादि अध्यक्ष, पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले एकै स्वरमा अव नेपालमा कम्युनिष्टको शासन चल्ने बताउँदै एकढिका भएर कम्युनिष्टलाई जिताउन सबै मतदातामा आग्रह गरे ।

ओलीले बाम गठबन्धनको घोषणापत्र चुनाव लड्नका लागिमात्र नभएर देश बनाउन ल्याएको घोषणापत्र भएको बताए । गठबन्धनको घोषणापत्र सर्वोत्कृष्ट घोषणापत्र भएको दाबी उनको छ । एमाले र माओवादी मिल्दा कोकोहोलो गर्नुको अर्थ नरहेको टिप्पणी ओलीले गरे ।

गठबन्धनले आगामी चार वर्षभित्र काठमाडौँ तराई– मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने कार्ययोजना अगाडि सारेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तयार पारेको संयुक्त घोषणापत्रमा काठमाडौँलाई तराई– मधेशसँग जोड्ने महत्वाकाक्षी परियोजनाको रुपमा रहेको द्रुतमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । सो मार्गलाई आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा समेत समावेश गरेको छ ।

आशन्न निर्वाचनपछि पार्टी एकताको तयारी गरेका एमाले र माओवादी केन्द्र संयुक्त घोषणापत्र लिएर मतदातासमक्ष जान लागेका छन् ।