पद्मावती फेरि विवादमा : तथ्यहरु तोडमोड गरेर सिनेमा निर्माण गरेको आरोप

पद्मावती फेरि विवादमा : तथ्यहरु तोडमोड गरेर सिनेमा निर्माण गरेको आरोप


संजयलिला भन्साली निर्देशित फिल्म पद्मावती पुनः विवादमा तानिएको छ । आउँदो डिसेम्बर पहिलो तारिखका दिन रिलिज हुने भनिएका दिपिका पादुकोण, रणवीर कपुर र साहिद कपुर अभिनित चलचित्रबारे भारतीय जनता पार्टीका एक सांसदले आपत्ति जनाएपछि पद्मावती पुनः चर्चामा आएको हो ।

जौहर गुजरातको राजपूत समुदायमा कुनै समय प्रचलित सतीप्रथाजस्तै परम्परा हो । उज्वैनका भाजपा सांसद चिन्तामणि मालवियले निर्देशक भन्सालीप्रति कडा टिप्पणी गर्दै फेसबुकमा लेखेका छन्,‘भन्सालीजस्ता मान्छेलाई केवल जुताको भाषा मात्र आउँछ। जुन सिनेमावालाकी श्रीमती दिनहुँ श्रीमान बदल्दै हिँड्छिन्,उनलाई ‘जौहर’बारे के थाहा ?’

युद्धकालीन समयमा हार निश्चित भएपछि राजपूत समुदायका पुरुषहरु रणमैदानमै मर्नका लागि तयार हुन्थे भने विपक्षी हरणमा पर्ने भयबाट मुक्तिको लागि महिलाहरु आफै अग्नीकुण्डमा होमिएर मृत्युवरण गर्थे । हिन्दीका चर्चित कवि श्यामनारायण पाण्डेयले चित्तौडकी महारानी पद्मिनीको जौहर जीवनीमा आधारित महाकाव्य लेखेका थिए ।

कुनै समय अलाउद्धिन खिलजीको फौजले चित्तौडमाथि आक्रमण गरी त्यहाँका राजा राणा रतनसिंहको ज्यान लिएका जिए । खिलजी रतनसिंहकी रानी पद्मिनीको सौन्दर्यमा मुग्ध भएका थिए । तर, पद्मिनीले आफू खिलजीको नजिक पर्नु अगाडि नै आत्महत्या गरेकी थिइन् ।

संजयलिला भन्सालीले सिनेमाको सुटिङ सुरु गर्दा नै या सिनेमाको विरोध सुरु भएको हो । राजपूत समुदायले तथ्यहरु तोडमोड गरेर सो सिनेमा निर्माण भएको आरोप लगाउँदै आएका छन् ।

सिनेमाबारे विवाद बढ्दै गर्दा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले ट्विट गर्दै सिनेमाले तथ्यहरु तोडमोड गर्न नहुनेमा जोड दिएकी थिइन् ।

स्वराजले खिलजीलाई व्यभिचारी आक्रमणकारीको संज्ञा दिँदै भारतीय समाजमा खिलजीप्रति घृणा र पद्मावतीप्रति श्रद्धा भएको जिकिर गरेकी थिइन् ।

उनले ट्विटमा भनेकी थिइन्, ‘आज पनि आफूले चाहेजस्तो रेस्पोन्स नमिल्दा कुनै केटाले केटीको अनुहारमा तेजाव फाल्छ, चाहे ऊ जुनसुकै धर्म वा जातीको होस्,मलाई त्यो अलाउद्धिन खिलजीको बंशज लाग्ने गर्छ।’ एजेन्सीहरु