वाम गठबन्धनले लोकतन्त्र अझ बलियो हुन्छ : नेता महरा

वाम गठबन्धनले लोकतन्त्र अझ बलियो हुन्छ : नेता महरा


नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले चुनावी वाम गठबन्धनले लोकतन्त्रलाई अझ बलियो बनाउने बताएका छन् ।

आज नेपालगन्जमा आयोजित चुनावी वाम गठबन्धन पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि वाम गठबन्धनमा रहेका दलहरुबीच पार्टी एकता हुनेमा शंका नगर्न पनि आग्रह गरे ।

राससका अनुसार वाम गठबन्धनले चुनावमा बहुमत ल्याउने र त्यसबाट बनेको सरकार स्थिर हुनुका साथै मुलुकको राजनीतिक अन्योलको अवस्था पनि समाप्त हुने नेता महराको तर्क थियो ।